१६ असार २०८३, मंगलवार
,
Latest
टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकी कामका लागि मेलम्चीको टेन्डर एक साताभित्रै



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाँच महिनादेखि ठप्प आयोजनाको बाँकी काम दुईवटा छुट्टाछुट्टै टेन्डर (ठेक्का) आह्वान गरेर अघि बढाउने भएको छ । गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको सुरुङ तथा हेडवक्र्स निर्माणको बाँकी काम छुट्टाछुट्टै टेन्डर आह्वान गरेर बनाउने निर्णय गरेको थियो ।

आयोजनाले मन्त्रिपरिषद्को निर्णयमा टेक्दै बाँकी काम दुई खण्डमा छुट्याएर टेन्डर आह्वान गर्न लागको हो ।

आयोजनाको कार्यकारी निर्देशक सूर्यराज कंडेलले मन्त्रिपरिषद् बैठकले मेलम्ची आयोजनाको बाँकी काम टेन्डरबाट गर्ने बाटो खोलेसँगै आवश्यक तयारी गरेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।