१६ असार २०८३, मंगलवार
,
Latest
टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले किन लुकायो राष्ट्रिय सुरक्षा नीति ?



अ+ अ-

काठमाडौं । गत ४ चैतमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको राष्ट्रिय सुरक्षा नीति सरकारले लुकाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले २९ माघमा सरोकारवालासँग अन्तिमपटक सुझाब लिएर तयार भएको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

तत्काल सार्वजनिक गर्नुपर्ने नीतिको मस्यौदा सरकारी निकाय र सरोकारवालाले नै प्राप्त गरेका छैनन् । सुरक्षा नीति सार्वजनिक नहुँदा प्रतिरक्षा नीति बनाउने काम प्रभावित भएको छ भने सेनाले तीन वर्षअघि तयार गरेको मिलिटरी डक्ट्रिन ९सैन्य सिद्धान्त० संशोधन हुन सकेको छैन ।

‘हामीले रक्षा मन्त्रालयमै गएर काम गर्‍यौँ, सुरक्षा परिषद्का एकजना अधिकृतलाई जिम्मा दिएर फर्कियौँ,’ उच्चस्तरीय समितिमा आबद्ध एक विज्ञले भने, ‘हामीलाई पनि सुरक्षा नीतिको दस्ताबेज दिइएको छैन ।’

तीन वर्षअघि ३० वैशाख ०७३ मा केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा नीति स्वीकृत गरेलगत्तै रक्षा मन्त्रालयले वेबसाइटमा सार्वजनिक गरेको थियो । ‘संसारमा राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरिन्छ ।, नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।