१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीयामसँगै खानेपानीको हाहाकार



अ+ अ-

काठमाडौं । गर्मीयामसँगै डोटीको सदरमुकाम सिलगढी तथा आसपासका बजार क्षेत्रमा खानेपानीको हाहाकार छ ।

खानेपानीको अभावका कारण सदरमुकामबासीहरु घण्टौंको पैदल बाटो हिँडेर पानी बोक्न बाध्य छन् । २०१७ सालदेखिको खानेपानी योजना व्यवस्थित नहुँदा प्रायः गर्मीयाममा यस्तै समस्या देखिन्छ ।

स्थानीयबासीहरु भने उपभोक्ता समितिको लापर्वाहीका कारण पानीको समस्या बढेको गुनासो गर्दैआएका छन् । सिलगढीका स्थानीय चक्र कठायत भन्छन्, ‘खानेपानी उपभोक्ता समितिको लापर्वाहीका कारण यस्तो भएको हो । पानीको स्रोत कसरी खोज्ने भन्नेबारे समितिले ध्यान नै दिएको छैन ।’

अर्का उपभोक्ता लोकबहादुर बोहराले भने, ‘उपभोक्ता समिति मनोमानी ढंगबाट चलिरहेको छ । दुई वर्षसम्म साधारणसभा राख्न सकेको छैन । पानीको लागि लाग्ने अव्यवस्थित लाइन पनि समितिले व्यवस्थित गर्न नसकेको उनीहरुको गुनासो छ ।

सिलगढी नगरपालिकाका–६ का कृष्ण श्रेष्ठ गुनासो गर्छन्, ‘घरमा धारा त छ, तर पानी आउँदैन । पानी नआउँदा बिहान उठेर कसको घरमा पानी आएको छ भन्दै खाली भाँडा बोकी दौडनु पर्छ ।’

कर्मचारीले पनि अनियमित रुपमा पानी बाँड्ने गरेको श्रेष्ठ बताउँछन्, ‘उनीहरु आफ्ना मान्छेलाई मात्रै सजिलै पानी उपलब्ध गराउँछन् ।’ २०१७ सालदेखिको योजना अहिले उपभोक्ताहरु बढ्न थालेपछि पनि समस्या देखिएको बताउँछन् सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गणेश जोशी । सदरमुकामल लगायत आसपासका क्षेत्रमा दैनिक ६ लाख लिटर पानी आवस्यक रहेको भए पनि अहिले आफूहरुसँग अढाई लाखजति मात्र रहेको उनको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।