५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो चलन : अनुहारमा सुन्दरता बढाउन ‘थप्पड थेरापी’



अ+ अ-

एजेन्सी । संसारमा सुन्दरता बढाउनका लागि मानिसहरुले अनेक खालका उपायहरू अपनाउँछन्। यस्तै दक्षिण कोरियामा मानिसको अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलन रहेको छ ।हो, थप्पड हानेर अनुहारको सुन्दरता बढाउने त्यो विधिलाई थप्पड थेरापी अर्थात् ‘स्लाप थेरापी’ भनिन्छ, जुन दक्षिण कोरियामा निकै लोकप्रिय छ ।

दक्षिण कोरियाली महिलाले सदियौंदेखि सुन्दरता बढाउन यो थप्पड थेरापीको प्रयोग गर्दै आएका छन् । जसअनुसार महिलाहरू आफ्नो सुन्दरता बढाउनका लागि हरेक दिन आफ्नो गालामा ५० थप्पड हान्ने गर्दछन् ।

यसरी गालामा थप्पड खानाले अनुहारको छालामा निखार आउने र पहिलेभन्दा सुन्दर बन्ने आम विश्वास छ । यो थेरापीमा जब गालामा हल्का थप्पड हानिन्छ तब अनुहारका हरेक हिस्सामा ताजा रगतको बहाव बढ्दछ । यसले छाला सफा गर्न मद्दत गर्दछ र अनुहारमा चमक आउँछ ।

हुनत थप्पड थेरापीको अर्थ कसैको अनुहारमा जोडसँग हिर्काउने होइन । यसमा विस्तारै हल्का हातले गालामा थप्पड हानिन्छ । महिलाहरू आफ्नै हातले आफ्नो गालामा थप्पड हानेर यो थेरापी गर्न सक्दछन् । यसमा दुईवटा हातले दुई गालमा छिटो छिटो हल्का थप्पड मार्नुपर्दछ ।

दक्षिण कोरियामा प्राचीन कालदेखि नै प्रचलित यो थेरापी अहिले कोरियाली संस्कृतिको फैलावट सँगै विश्वव्यापी बन्न थालिसकेको छ ।

दक्षिण कोरियामा महिलाहरूले बच्चैदेखि यो थेरापीको प्रयोग गर्दै आएका हुन्छन् । महिला मात्र होइन पछिल्लो समय पुरुषहरूले पनि थप्पड थेरापी प्रयोग गर्न थालेका छन् । यसलाई एन्टी एजिङ थेरापी पनि भन्ने गरिएको छ ।