१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ नै काकाकुल : सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा



अ+ अ-

काठमाडौँ । सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरू प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन् । तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नंं। २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् ।

खानेपानी आयोजना उनको प्राथमिकतामै परेन । त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ । स्कुले विद्यार्थीले बिदाका दिन बोकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन् । निर्माण सामग्रीमा भन्दा पानीमा बढी खर्च गर्नुपरेको ठेकेदारकै गुनासो छ । अहिले १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थी खोल्सीबाट पानी बोकेर गाउँमा बिक्री गरिरहेका छन् । यने समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।