३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो (भिडियोसहित)



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधवारदेखि हटाइएको हो ।

श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिनुभएको हो । श्रम डेस्क हटाउनका लागि मन्त्री श्रेष्ठसहितका अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो । न्यूज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले श्रमिकहरु श्रम डेस्कमार्फत् जाँदा प्रक्रिया झन्झटिलो भएका कारण डेस्क हटाउनुपरेको बताउनुभयो ।

अब श्रमिकहरु सहज रुपमा विमानस्थल प्रवेश गर्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आजदेखि वैदेशिक रोजगारमा जाँदाखेरी वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि छुट्टै लाइन या कुनै पनि झन्झटिलो प्रक्रिया जुन छ, त्यो आजदेखि नपर्नेगरी कुनैपनि गेटबाट जसरी अरु यात्रुहरु जानुहुन्छ, त्यसरी नै श्रमिकहरुलाई जाने व्यवस्थाको सुरुवात हामीले गरेका छौँ । श्रमिकहरु आउँदाखेरी पनि सम्मान हुनेगरी पर्यटन मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरेर छिट्टै श्रमिकहरुलाई सम्मान सहितको सेवाको हिसाबले अगाडी बढेका छौँ ।’

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ । विमानस्थल प्रवेश गर्ने श्रमिकहरुले अब ३ वटै प्रवेशद्वार बाट प्रवेश गर्न पाउने भएका छन् ।