१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल तथा डिजेल भण्डारविहीन : लिटरमा १५/२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता



अ+ अ-

कालीकोट । कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् ।

अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ किन्न वाध्य छन् । बमले पेट्रोल प्रतिलिटर एक सय २५ रुपैयाँ र डिजेल एक सय १० रुपैयाँमा बिक्री गरिरहेको बताए ।

निगमको नेपालगञ्ज डिपोमा पेट्रोल लिटरको एक सय नौ रुपैयाँ ५० पैसा र डिजेल मूल्य ९७ रुपैयाँ पर्छ । कालीकोटमा नेपालगन्जभन्दा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेल २० रुपैयाँ महँगो छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।