१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

७५ वर्षीय वृद्ध कृषिबाटै कमाउँछन् वर्षेनी १५ लाख



अ+ अ-

काठमाडौं । मेहनत, जोसजाँगर भए पैसा कमाउन उमेरले रोक्दैन। इच्छाशक्ति भने हुनुपर्छ। ३०(४० हजार रुपैयाँ कमाउन विदेशी भूमिमा पुग्ने युवाका लागि यहाँका एक ७५ वर्षीय वृद्ध उदाहरण बनेका छन्।

पत्यार नलाग्न सक्छ ७५ वर्षीय वृद्धले खेती गरेरै वार्षिक १५ लाख कमाउँछन् भन्ने १ त्यसमा पनि झन् एउटा खुट्टाले त्यति भर पाउँदैन, लौरो टेकेर उकाली–ओराली गर्दै बारीमा पुग्छन् उनी। वृद्धवृद्धा परि श्रम गर्न सक्दैनन् र आम्दानीको स्रोत नहुँदा दुःख पाउँछन् भनेरै सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ। तर, त्यसको उनले कुनै मतलब राख्दैनन्।

उमेरले डाँडो काट्दै गए पनि उदयपुरको रौतामाई गाउँपालिका ७ धाङ्लेका कृषक जितुहर्क तामाङको मेहनत, परि श्रम र लगनशीलतामा कमी आएको छैन। उनको लगाव र जाँगर देखेर गाउँका सबै छक्क पर्छन्। घाम झुल्कनुअघि चिया पिएर खेतबारीमा पुग्ने उनी मध्याह्न खाना खान घर फर्कन्छन्।

मध्याह्न १२ देखि दुई बजेसम्म आराम गर्छन्। तीन घन्टा नजिकैको मुर्कुची बजारमा साथीभाइसँगको भेट अनि सामाजिक कार्यपछि पुनः घर फर्किएर खेतीमा रमाउने तामाङ परि श्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्छन्।

२० वर्षदेखि तामाङ फलफूल, तरकारीखेती, बाख्रापालन र पानीघट्ट व्यवसाय सञ्चालन गरी वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्छन्। हरेक दिन बिहान चार बजे उठेर आर्थिकोपार्जनमा लाग्ने उनले पैसा मात्र कमाएका छैनन्, गाउँलेबाट सम्मानसमेत पाएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।