१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्ता र सभ्य पहिरन लगाउने सुहाना बोल्ड अवतारमा लण्डन पुगेपछि………



अ+ अ-

चलचित्र ‘ए मेरो हजुर ३’को रेड कार्पेट प्रिमियर बेलायतमा गरिएको छ । आइतबार बेलुकी अल्डरसटस्थित एम्पायर हलमा चलचित्रको प्रिमियर भएको हो । सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियरमा चलचित्रकी नायिका सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा उपस्थित थिए ।

प्राय कुर्ता र सभ्य पहिरन लगाउन मन पराउने सुहाना थापा लण्डनमा बोल्ड अवतारमा पुगेकी थिइन् । सुहानाको नयाँ गेटअपलाई समेत दर्शकले रुचाए । फिल्ममा पनि नर्मल पहिरनमा देखिएकी सुहानले सामाजिक संजालमा भने कहिले काही निकै हट तस्बिर शेयर गर्ने गरेकी छन् । हालै पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसको कारण उनको चर्चा अहिले चुलिएको छ ।

तस्बिरमा उनले हल्का ग्रिन कलरको गाउन लगाएकी छन् । गाउनमा उनले गाडी भित्र र गाडी बाँहिर दुई तस्बिर खिचाएकी छन् । तस्बिरमा उनको सौदर्यता झल्किनुका साथै उनी हट समेत देखिएकी छन् ।

उनी अहिले युरोप टुरमा छिन् । सायद त्यसैले पनि होला अन्य कलाकार झै उनी पनि बिदेश पुगेपछि निकै खुल्न थालेकी छन् । पछिल्लो केही समययता उनले सार्वजनिक तस्बिरले पनि सो अनुमान लगाउन सकिन्छ ।

दर्शकले सुहानाको कामको समेत तारिफ गरेका थिए ।नेपालमा समेत ५१ दिन मनाएको यो चलचित्रमा अनमोल केसी, सुहान थापा, सलोन बस्नेत, रेअर राई लगायतका कलाकारको मुख्य भूमिका छ ।