२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ’



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जेनजी सहिद दिवसको सन्दर्भमा उहाँले गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचार मुक्त शासनको मुद्धा अघि सारेर गरिएको आन्दोलन र त्यसअघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र कामपाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“स्वाधीनता, स्वाभिमान र नागरिक अधिकार प्राप्तिका लागि वि.सं.१९९७ देखि गत वर्षको आन्दोलनसम्मका विभिन्न कालखण्डमा अनेकौँ राजनीतिक क्रान्ति र सङ्घर्ष भएका छन् । आज हामीले उपभोग गरिरहेको लोकतान्त्रिक र सङ्घीय शासन व्यवस्था यिनै महान आन्दोलनको जगमा उभिएको उपलब्धि हो”, डङ्गोलले भन्नुभयो ।

व्यक्तिगत स्वार्थ, पारिवारिक मोह र सुखसयल त्यागेर नागरिक शासनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै डङ्गोलले आन्दोलनका क्रममा घाइते हुनुभएका तथा प्रजातन्त्र र परिवर्तनका लागि जीवन समर्पित गर्नुहुने सम्पूर्ण योद्धा र अग्रजप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

“काठमाडौँ हरेक ऐतिहासिक परिवर्तनको प्रत्यक्ष साक्षी हो । शासनसत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्छ भन्ने सन्देश काठमाडौँले सधैँ प्रवाह गर्दै आएको छ । हामी सरकारी सेवालाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुर्याउने ‘नागरिकमैत्री शासन’ स्थापना गर्न प्रतिबद्ध छौँ । स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरण जस्ता मौलिक तथा नैसर्गिक अधिकारको पूर्ण प्रत्याभूति गराउन हामी दृढताका साथ अगाडि बढिरहेका छौँ । हरेक नागरिकले आत्मसम्मानका साथ बाँच्न पाउने विभेदरहित समाज निर्माण हाम्रो मूल लक्ष्य हो”, उहाँले भन्नुभयो ।

आफूहरू सहिदले देखाएको बाटो पछ्याउँदै हिँडेको बताउँदै कार्यवाहक प्रमुख डङ्गोलले स्थानीय अर्थतन्त्रको प्रवद्र्धन र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन ‘जेनजी’ आन्दोलन लगायतका विभिन्न सङ्घर्षबाट प्राप्त जनमत पूरा गर्न निरन्तर लागिपरेको उल्लेख गर्नुभयो ।

उहाँले परिवर्तन केवल शब्दमा मात्र होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा आफू सचेत रहेको स्पष्ट पार्नुभयो । सहिदले देखाउनुभएको बाटो नागरिकले हामीमाथि गर्नुभएको भरोसा हाम्रो मार्गदर्शन हो । “यही मार्गमा अविचलित भई हिँड्दा मात्रै कलिलो उमेरमा सहादत प्राप्त गर्ने जेनजी सहिदको आत्माले चीरशान्ति पाउनेछ भन्ने हाम्रो अटल विश्वास छ”, उहाँले भन्नुभयो । रासस