१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भमरा लोप हुँदै जाँदा बालीनालीमा सङ्कट



अ+ अ-

काठमाडौं । खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् ।

गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा फ्रान्समा भमराकै बारेमा विशेष सम्मेलन नै चल्यो ।

भमराको अवस्था कहाँ के कस्तो छ भन्ने ठूलै बहस भएको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक दयाराम भुसालले बताए । तर नेपालमा खासै अध्ययन नभएकाले केही तथ्य प्रस्तुत हुन सकेन ।

उनका अनुसार युरोप, अमेरिका, चीन, भारतमा भमराको उपयोग फलफूल उत्पादन तथा खाद्यान्न उत्पादनका लागि गर्ने गरिएको छ । “नेपालमा भने यसको वैद्यानिक अध्ययन भर्खरैमात्र सुरु भएको छ,” उनले भने, “अध्ययनको प्रारम्भिक अनुमानले भमराको उपस्थिति नेपालमा पातलिएकोछ । फूलको रस खान मनपराउने भमरा एक प्रकारको माहुरी हो ।” यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।