१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रमुखले दिइन् प्रमुखको कोठामा ताला लगाउँने चेतावनी



अ+ अ-

इलाम । इलाम नगरपालिकाकी उपप्रमुख शुशीला नेम्बाङले आफ्नोे अधिकार प्रयोग गर्न नपाए प्रमुखको कोठामा ताला लगाउने बताएकी छन् । प्रमुख महेश बस्नेतले आफ्नो अधिकार हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुखले यस्तो चेतावनी दिएकी हुन् ।

न्यायिक समितिको सचिवालयमा पत्रकार सम्मेलन गरी प्रमुखले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि नै आफूले कार्यपालिका बैठक बहिष्कार गरी मौन रूपमा आन्दोलन गर्दै आएको र अब प्रमुखको ध्यानाकर्षण नभए प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिइन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।