१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश विकास खर्च गर्न असफल, ७.६७ प्रतिशत मात्रै खर्च



अ+ अ-

काठमाडौं । प्रदेश र स्थानीय सरकार गठन भएपछि विकासको मूल फुट्ने अपेक्षा जनताको थियो। तर, चालू आर्थिक वर्षमा पहिलो पटक पूर्ण बजेट ल्याएका यी सरकार विकास खर्च गर्न असफल भएका छन् ।

वर्षौंदेखि विकासको भोको कर्णाली प्रदेश सरकारले सात दशमलव ६७ प्रतिशत विकास वजेट मात्रै खर्च गरेको छ। पुँजीगततर्फ १८ अर्ब ८३ करोड छुट्याएकोमा सरकारले एक अर्ब ४४ करोड मात्रै खर्च गर्न सक्यो। त्यसो त सातै प्रदेशको पुँजीगत खर्च औसतमा १७ प्रतिशत मात्रै छ।

सबैभन्दा बढी खर्च गर्ने सुदूरपश्चिम सरकारको प्रगति पनि २२ दशमलव ८६ प्रतिशत मात्रै छ। देशको राजधानीलाई प्रतिनिधित्व गर्ने स्थानीय सरकार काठमाडौँ महानगरपालिकाकै बजेट खर्च लज्जास्पद छ।

काठमाडौँ अविकासले अस्तव्यस्त छ। तर, महानगरले विकास बजेटको २६ दशमलव ११ प्रतिशत मात्रै खर्च गरेको छ। देशका ६ वटै महानगरपालिकाले ५० प्रतिशत विकास बजेट पनि खर्च गर्न सकेका छैनन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।