१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा अध्यक्षमा पुनः इन्फान्टिनो निर्वाचित, सन् २०२६ देखि विश्वकपमा ४८ राष्ट्र पुर्‍याउने



अ+ अ-

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः जियानी इन्फान्टिनो निर्वाचित भएका छन् ।

फ्रान्सको पेरिसमा भएको फिफाको वार्षिक साधारणसभाले इन्फान्टिनोलाई दोस्रो कार्यकालको लागि सर्वसम्मतले निर्वाचित गरेको हो । ४९ वर्षीय इन्फान्टिनो अब २०२३ सम्म फिफाको अध्यक्ष रहने छन् ।

सन् २०१५ मा भ्रष्टाचारको आरोपमा तत्कालिन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि फिफाको अध्यक्षमा इन्फान्टिनो चुनिएका थिए । उनी फिफाको अध्यक्षमा निर्वाचित भएलगतै केही महत्वाकांक्षी योजना पेश गरेका थिए ।

ती महत्वकांक्षी योजनामध्ये एक हो, सन् २०२६ देखि विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाएको छ । कतार विश्वकप २०२२ देखि नै ४८ राष्ट्र पुर्‍याउने फिफाको तयारी भए पनि सफल भएन ।

फिफा कंग्रेसमा नेपालको तर्फबाट भने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामा गएका थिए ।