१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु



अ+ अ-

काठमाडौं । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ ।

यस्तै जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डे यही जेठ १० मा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भएको थियो । डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको यही जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो । त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको यही जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको यही जेठ १८ गते लेक लागेर मृत्यु भएको थियो ।

त्यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा यही जेठ २० गते लेक लागेर मृत्यु भएको थियो । जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । यस्तै यही जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो । यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।