१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमार जे. आर पुनः घाइते, कोपा खेल्न नसक्ने सम्भावना



अ+ अ-

काठमाडौं । पीएसजीका स्टार तथा ब्राजिलका स्टाइकर नेयमार जे. आर पुनः घाइते भएका छन् । कोपा अमेरिकाको तयारीका लागि कतारसँग खेलिएको मैत्रीपूर्ण खेलमा उनि घाइते भएका हुन् ।

यसअघि घुँडामा लागेको चोट पुनः बल्जिएपछि नेयमारले २२औं मिनेटमा मैदान छाडेका थिए । नेयमारले कोपा खेल्न नसक्ने सम्भावना समेत बढेको छ । कोपा अमेरिका कपको तयारीकै क्रममा नेयमार अघिल्लो साता घाइते भएका थिए । नेयमार घाइते भएपछि ब्राजिललाई चिन्ता थपिएको छ ।

घरेलु मैदानमा बिहिबार बिहान भएको खेलमा ब्राजिलले कतारलाई २–० गोल अन्तरले हराएको थियो । ब्राजिलको जितमा रिचार्लिसन र गाब्रियल जिससले समान एक एक गोल गरे । रिचार्लिसनले खेलको १६औं र गाब्रियल जिससले २४औं मिनेटमा गोल गरेका थिए । कतारले खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्न सकेन ।

कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा बोलिभिया, पेरु र भेनेजुएला छन् ।

यसपटक टोलीमा रियल म्याड्रिडका स्टार डुओ मार्सेलो र भेनिसियस जुनियर, जुवेल्ट्स डगल्स कोस्टा, वेस्ट ह्याम युनाइटेडका फेलिप एन्डर्सन र टोटेमहम हट्टरपेजका लुकास मोउरो टिममा अटाउन सकेनन् ।

कोपा अमेरिकामा ब्राजिलले जुन १५ मा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कतारले भने जुन १७ मा पराग्वेसँग पहिलो खेल खेल्नेछ ।

यस्तो छ नामावली

गोलकिपरः
एलिसन (लिभरपूल), एडसनसन (म्यान्चेस्टर सिटी), क्यासियो (कोरिन्थी)

डिफेन्सः
डैनियल अल्व्स (पीएसजी), फ्याग्नर (कोरिन्थी), फिलिप लुइस (अटेलियो म्याड्रिड), एलेक्स स्यान्ड्रो (जुवेनस), मिरांडा (इन्टर मिलान), थियागो सिल्भा (पीएसजी), मार्चिनो (पीएसजी), इर्ड मिलिटियो (पोर्टो र रियल म्याड्रिड )।

मिडफिल्डरः
क्यासेमिरो (रियल म्याड्रिड), फर्नाडिन्हो (म्यान्चेस्टर सिटी) , आर्थर (बार्सिलोना), एलन (नापोल), लुकास पाक्टेटा (मिलान) , फिलिप काउटिन्हो (बार्सिलोना)

फरवार्डः
नेयमार (पीएसजी), रिचर्लासन (एभरटन), डेभीड नेरेज (अजक्स), एवटन सोर्स (ग्यारियो), रोबर्टो फर्मिनो (लिभरपूल), गब्रिएल जिसस (म्यान्चेस्टर सिटी)




भर्खरै