७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

कांग्रेस नेता डा.कार्कीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेस नेता डा.कार्कीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा.राजाराम कार्कीले कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणागर्नु भएको हो । 

कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गर्नुभयो । उहाँले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लामो लडाई लडेको भएपनि कांग्रेसमा लोकतन्त्रभन्दा पनि गुटतन्त्र हावी हुँदै गएको आवास हुन थालेको गुनासो पोख्नुभयो । 

२०२९ सालमा भैरवी हाईस्कुलको सभापति, २०३० सालमा नेविसंघ धादिङ्को जिल्ला सभापति, २०३१ मा सिक्किम काण्डमा महत्वपुर्ण भूमिका निर्वाह गरेका कार्कीले ०३६ साल, ४२ साल, ०४६ सालको आन्दोलनमा हुँदै गएर ५६ सालको जनआन्दोलनको आफुले सकेको सम्पुर्ण महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । 

४८ वर्ष पार्टीमा लामो संघर्ष गरेका कार्कीले आफु जन्मेको स्थानमा आजसम्म चुनावमा लड्न पार्टीले टिकट नदिएको भन्दै दुखेसो पोख्नुभयो । नेता कार्कीले पार्टीले चुनावको टिकट, ठगहरु, तस्करहरुले दिएको समेत आरोप लगाउँदै भने,‘वास्तविक कांग्रेसीहरु, पार्टीमा लामो समय संघर्ष गरेका असली कार्यकर्ता र नेताहरुलाई नै पाखा लगाउने काम कांग्रेसले गर्दै आएको छ ।’ कार्कीले सत्यवादी कांग्रेसीहरुलाई न्याय दिलाउनको लागि महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताउनुभयो । 

कांग्रेस समाजवादी पार्टी भनिरहँदा व्यवस्था परिवर्तन भएपनि नेपाली जनताको कुनैपनि आर्थिक अवस्थामा परिवर्तन नआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ–गाउँमा गरिबी झन्–झन् बढ्दै गइरहेको छ । झण्डै ५० हजार युवाहरु बेरोजगार छन् लाखौं युवाहरु बिदेशमा पलायन भएका छन् । उनीहरुकै रेमिट्यान्टबाट देश चलेको छ ।’ नव–सामन्तवादतीर कांग्रेस पार्टी उन्मुख भएको भन्दै उहाँले वास्तविक समाजवादको लिगमा कांग्रेसलाई ल्याउने हो भने कठोर संघर्ष गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो । 

उहाँले आफ्नो उम्मेदवारी गरिब र पार्टीप्रति निष्ठावान् साथीहरुलाई न्याय दिलाउनको लागि भएको जिकिर गर्नुभयो । ‘उहाँहरुको लागि संघर्ष गर्न चाहान्छु पार्टीका लागि लडेका निष्ठावान् नेताहरु सबै पाखा परेको अवस्था छ ।’–उहाँले भन्नुभयो । ‘मैले कांग्रेसको महामन्त्रीमा जितेमा तमाम गरिब, निमुखा, राष्ट्रवादी मेचीदेखि महाकालीसम्मका साथीहरुको लागि संघर्ष गर्ने प्रतिवद्धता गर्दछु ।’ घुसखोरी, तस्कर, भ्रष्ट, धनपतीहरुले आफ्नो पार्टीको सिद्धान्त र आदर्शलाई दुषित पारेको भन्दै उनीहरुको विरुद्धमा आफु उभिने बताउनुभयो । 

कार्कीले महामन्त्रीमा आफ्नो उम्मेद्धवारी किन ? भनेर कारणपनि खुलाउनु भएको छ । उहाँले अघि सारेका बुँदाहरु यस्ता छन् :
१. नेपाली कांग्रेसमा देखिएका तमाम विकृति र विसंगतिको अन्त्य गर्दै न्याय, निष्ठा र निश्पक्षताको राजनीतिक संस्कार सुरु गर्न 
२. नेपाली कांग्रेसलाई जनतामाथि शासन गर्ने पार्टी होईन, जनताको सेवा गर्ने पार्टी बनाउन 
३. नेपाली कांग्रेसलाई आफू शक्तिशाली होईन, देश र जनतालाई शक्तिशाली बनाउने पार्टी बनाउन 
४. नेपाली कांग्रेसलाई लुटतान्त्रिक होईन लोकतान्त्रिक पार्टी बनाउन (टिकटदेखि मन्त्री लगायतका उच्च राजनीतिक पदहरु अन्यायपूर्ण वितरण गर्ने परम्परा सदाका लागि अन्त्य गर्न)
५ बाणीमा होईन व्यवहारमै नेपाली कांग्रेसलाई समाजवादको फलामे लिगबाट अगाडि बढाई गरिब निमुखा नोपली जनताको पक्षमा उभिएको एउटा वास्तविक समाजवादी पार्टी बनाउन ।