१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचेल स्टार्कले बनाए विश्व रेकर्ड, पाकिस्तानका मुस्ताकको २४ वर्षे पुरानो रेकर्ड भंग



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका क्रिकेट खेलाडी मिचेल स्टार्कले विश्व रेकर्ड कायम गरेका छन् । बिहिबार भएको वेस्ट इण्डिज विरुद्दको खेलमा उनले ५ विकेट लिएसँगै विश्व रेकर्ड कायम कायम गरेका हुन् ।

वेस्ट इण्डिज विरुद्दको खेलमा उनले १० ओभरमा १ मेडन खेल्दै ४१ रन खर्चेर अस्ट्रेलियाका लागि पाँच चिकेट लिए। उनले क्रिस गेल, जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट झारेका थिए।

यस खेलबाट उनले उनले २४ वर्ष पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्।

उनले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिएको कीर्तिमान बनाएका हुन्। विश्वकपमा दोश्रोपटक एकै खेलमा ५ विकेट लिएका स्टार्कले ७७ खेलबाट १५० विकेट लिने कीर्तिमान बनाएका हुन्।

उनले पाकिस्तानका सक्लेन मुस्ताकको कीर्तिमान भंग गरेका हुन्। उनले ७८ खेलबाट १५० विकेट लिएका थिए। उनले यो रेकर्ड सन् १९९५ मा भारत विरूद्धको खेलमा बनाएका थिए।जारी विश्वकपको २ खेलबाट स्टार्कले हालसम्म ६ विकेट लिइसकेका छन्।

हिजोको खेलमा अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ ।बिहीबार राति भएको खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई १५ रनले हराएको हो ।

२८९ रनको चुनौती पछ्याएको वेष्ट इन्डिजले निधारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७३ रन मात्रै बनाउन सक्यो । उसका लागि शाई होपले ६८ रन बनाए । त्यस्तै, कप्तान ज्यासन होल्डरले ५१ रन बनाउँदा निकोलस पुरनले ४० रन बनाएका थिए । क्रिस गेल र शिमरन हिटम्यरले समान २१–२१ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै एक ओभर मेडन राख्दै ४६ रन खर्चिएर पाँच विकेट लिएका हुन् । त्यस्तै पेट कुम्मिन्सले दुई विकेट लिए ।

यसअघि ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको सुरुवात निकै खराब थियो । ७९ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

तर, नाथन कल्टर नाइलको उत्कृष्ट प्रदर्शनमा ४९ ओभरमा सबै विकेटको क्षतिमा २८८ रन बनायो । कल्टर नाइलले ९२ रन बनाए । ६० बलको सामना गरेका उनले ८ चौका र चार छक्का प्रहार गरेका थिए ।

स्टिभ स्मिथले ७३ रन बनाए भने एलेक्स क्यारीले ४५ रनको योगदान दिए ।

अष्ट्रेलियाको यो दोस्रो जित हो । यसअघि अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । वेष्ट इन्डिजको भने यो पहिलो हार हो । आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।