६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु



अ+ अ-

काठमाडौं । राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु भएको छ ।

यात्राको शुभारम्भपछि रानिपौवा र मुस्ताङको सदरमुकाम जोमसोममा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका छन् । उनले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको भन्दै सर्बधर्म समभावसहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए ।

उनले सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्र भएकोले भण्डाफोर गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको राष्ट्रियता, धर्म संस्कृति र पहिचानमाथि चौतर्फी हमला भइरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जो दिए ।

पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेताहरु भीमप्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशीलकुमार श्रेष्ठ, भुवन पाठकलगायतका नेताहरुको सहभागितामा यात्रा सुरु गरिएको थियो ।

मुक्तिनाथबाट सुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ हुँदै गोरखा पुगेर समापन हुनेछ ।