१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पाकिस्तान र श्रीलंकाबीचको खेल अघि वर्षा सुरु



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा शुक्रबार पाकिस्तान र श्रीलंकाबीचको खेल सुरु हुनु अघि वर्षा सुरु भएको छ ।

ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने तालिका थियो । तर पानी पर्न थालेपछि खेल केही ढिलो हुने भएको छ । यसअघि श्रीलंका र अफगानिस्तानबीचको खेल पनि वर्षाका कारण छोट्याइएको थियो ।

दुवै टिमले पहिलो खेलमा भने हार ब्यहोरेका कारण पाकिस्तान र श्रीलंका दुवै टिम जितको खोजीमा हुनेछन् ।

श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा यता पाकिस्तान भने वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने दवै टिमले जित हात पारेका थिए ।

पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो ।

पछिल्लो पाँच खेललाई हेर्ने हो भने पनि पाकिस्तान श्रीलंकामाथि हावी भएको देखिन्छ । सन् २०१७ मा भएको पछिल्लो एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले श्रीलंकालाई पाँचै खेलमा पराजित गरेको थियो ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।