६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्री जयशंकरले भूटानको भ्रमण गरे, प्रधानमन्त्री छिरिङलाई भारत भ्रमणको निम्तो



अ+ अ-

थिम्पु । भारतका विदेशमन्त्री एस जयशंकरले भूटानको भ्रमण गरेका छन् । भारतको विदेशमन्त्री भएपछिको पहिलो पटक जयशंकरले शुक्रबार भूटानको गरेका हुन् ।

गत मे ३१ तारिखका दिन भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाएका जयशंकरले भूटान भ्रमणका क्रममा उनका समकक्षी डा तान्डी दोर्जीसँग पनि भेटवार्ता गरेका गरेका छन् । दुईदिने भ्रमणको शिलशिलामा भारतीय विदेशमन्त्री जयशंकरले भूटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकलगायत अन्य विशिष्ट व्यक्तिहरुलाई पनि भेटेका थिए ।

भेटपछि ट्वीट गर्दै उनले दुई पक्षीय हित र साझेदारीका विषयमा भेटवार्ता उपलब्धिमूलक भएको उल्लेख गरेका छन् । भ्रमणका क्रममा उनले भुटानका प्रधानमन्त्री लोटाय छिरिङलाई भारत भ्रमणको निम्तो दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भूटानी समकक्षीलाई निमन्त्रणा पत्र दिएको ट्वीटरमार्फत जानकारी दिए ।

भूटान विमस्टेक राष्ट्रहरूको सदस्य भएकाले गत मे ३० मा भएको प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा भुटानी प्रधानमन्त्री पनि सहभागी भएका थिए ।

जयशंकरलाई विदेशमन्त्री तोकिएपछि मोदी सरकारको छिमेक प्रथम नीति प्रभावबारे धेरै देशहरूमा बहस भएको थियो ।