१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका र पाकिस्तानले अंक बाँडे, आज इंग्ल्याण्डले बंगलादेश र अफगानिस्तानले न्यूजिल्याण्डसँग खेल्ने



अ+ अ-

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि विश्वकप क्रिकेटमा श्रीलंका र पाकिस्तानले अंक बाँडेका छन् ।

ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने तालिका थियो । तर पानी पर्न थालेपछि खेल सुरु नै भएन । यसअघि श्रीलंका र अफगानिस्तानबीचको खेल पनि वर्षाका कारण छोट्याइएको थियो ।विश्वकपमा पानीले खेल नभएर दुबै टिमले अंक बाँडेको यो तेस्रो पटक हो ।

दुवै टिमले पहिलो खेलमा भने हार ब्यहोरेका थिए ।

श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा यता पाकिस्तान भने वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने दवै टिमले जित हात पारेका थियो ।

पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो ।

पछिल्लो पाँच खेललाई हेर्ने हो भने पनि पाकिस्तान श्रीलंकामाथि हावी भएको देखिन्छ । सन् २०१७ मा भएको पछिल्लो एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले श्रीलंकालाई पाँचै खेलमा पराजित गरेको थियो ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

अब आज इंग्ल्याण्डले बंगलादेश र अफगानिस्तानले न्यूजिल्याण्डसँग खेल्नेछ ।