७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजार्ड ५ वर्षका लागि मड्रिडमा अनुबन्ध, ७ नम्बरको जर्सी लगाउने



अ+ अ-

काठमाडौं । चेल्सीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका बेल्जियमका फरवार्ड इडेन हाजार्ड स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् । दुई वर्ष अघि देखि २८ वर्षीय हजार्डलाई भित्र्याउन लागि परेको रियलले बिहीबार राति नै स्पेनमा मेडिकल गरेपछि हर्जाडलाई भित्र्याएको हो ।

हजार्ड म्याड्रिडमा ५ वर्षका लागि अनुबन्ध भएको स्पेनीस मिडियाहरुले जनाएका छन् । हजार्डलाई भित्र्याउन मड्रिडले ८८ मिलियन पाउण्ड तिरेर छ । उनी चेल्सीमा भित्रिने बेलामा पाएको रकम भन्दा यो दोब्बर बढि हो । हजार्ड सन् २०१३ मा फ्रेन्च क्लब लिलेबाट ३२ मिलियन पाउण्डमा चेल्सीमा पुगेका थिए ।

उनको रकम बोनस गरेर ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ ।खेलाडी अभावमा गुज्रिरहेको रियलले क्लबमा हाजार्डलाई भित्र्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो।हाजार्ड आफैंले पनि केही समययता आफू मड्रिड जान इच्छुक रहेको अभिव्यक्ति दिइरहेका थिए।

हजार्डले आफ्नो रियल म्याड्रिडमा खेल्ने इच्छा पुरा भएको बताउँदै ‘चेल्सीमा बिताएका हरेक समय सम्झनयोग्य रहेको तर मैले नै रियललाई नै रोजे ।’ उनले भने । तर चेल्सीका निर्देशक मारिना ग्रानोसकाइयाले भने हाम्रो लागि यो दुखको कुरा हो तर अब गुडबाई हजार्ड भन्नुबाहेक केही छैन, उनलाई बाल्यकालमा रियलबाट खेल्ने सपना थियो, त्यो अब पुरा भएको छ । फरक देश र फरक क्लबमा थप सफलताको शुभकामना ।’

यसै सिजनमा हाजार्डको मद्दतले चेल्सीले युरोपा च्याम्पियन्स लिग उपाधि जितेको थियो।हजार्डले चेल्सीमा ३५२ खेल खेल्दै ११० गोल गरेका छन् ।

मे ३० मा भएको फाइनल खेलमा आर्सनलविरुद्ध हाजार्डले व्यक्तिगत १ र पेनाल्टीमा १ गोल गरेका थिए। आर्सनल चेल्सीसँग ४–० ले हारेको थियो।

युरोपा उपाधि रक्षासँगै चेल्सी अर्को सिजनको युरोपा च्याम्पियन्स लिगमा स्वतः छनोट भइसकेको छ।२८ वर्षीय हाजार्ड चेल्सीबाट सात वर्षयता खेलिरहेका थिए। उनी क्लबमा हुँदा चेल्सीले दुई पटक प्रिमियर लिग, दुईपल्टै युरोपा लिग र एक पटक एफए कपको उपाधि जितेको थियो।

हाजार्डले रियल म्याड्रिडका लागि ७ नम्बर जर्सी लगाउने भएका छन् । गत सिजन रोनाल्डोले क्लब छाडेपछि मारियानोले उक्त जर्सी लगाएका थिए ।