६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकमा पत्रकारलाई तोकिएको जरिवाना धेरै भएझैं लागेको छ : बाँस्कोटा



अ+ अ-

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि ल्याइएको दावी गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘विधेयक प्रेसलाई नियन्त्रण गर्न होइन, समृद्ध बनाउनका लागि ल्याइएको हो, तर मिडियालाई अंकुश लगाउने गरी विधेयक ल्यायो भनेर अतिरञ्जित गर्न खोजिएको छ, यो गलत हो।’

उनले नेपालको ईतिहासमै पहिलो पटक सञ्चार माध्यमलाई देश र जनताप्रति सम्मानित, विश्वनीय र जिम्मेवार बनाउन सरकार लागि परेको बताए। पत्रकारिताको नाममा गलत सूचना दिने र जनतालाई भ्रममा पार्ने काम हुने गरेको भन्दै उनले त्यस्तो प्रवृतिलाई रोक्न आवश्यक रहेको तर्क गरे।

पत्रकारिताका नाममा गलत गर्नेलाई छुट हुन नसक्ने उनको चेतावनी छ। पत्रकार महासंघले आन्दोलन गर्नुको अर्थ नरहेको बताएका उनले विधेयकमा पत्रकारलाई तोकिएको जरिवानामा शंसोधन गर्न सकिने तर अन्य विषयमा छलफल गर्न आवश्यक नरहेको जिकिर गरे।

प्रेस सबल बनोस् भन्नेमा आफू लागेको भन्दै उनले अहिले नेपाल पत्रकार महासंघको सदस्यता अन्य पेशाका व्यक्तिले पनि पाएको दावी गर्दै यसमा शुद्धीकरण आवश्यक परेको बताए ।

उनले पत्रकार महासंघका पदाधिकारीलाई विधेयक राम्रोसँग अध्ययन गर्न आग्रह गरे। मन्त्री बास्कोटाले भने, ‘प्रेस र सञ्चारकर्मीलाई सवल र समृद्ध बनाउने गरी ल्याएको विधेयकबाट कोही डराउनु पर्दैन ।’

‘पत्रकारलाई जरिवाना गर्ने विषयमा मलाई पनि धेरै धेरै भएझैं लागेको छ, त्यो विषयमा छलफल गर्न सक्छौँ’,उनले भने, ‘तर अन्य विषयमा बहस गर्न आवश्यक छैन।’ मन्त्री बास्कोटाले पत्रकार महासंघलाई न्यूनतम पारिश्रमिक ऐनका विषयमा बहस चलाउन आग्रह गर्दै सानातिना कुरामा नअल्झिन आग्रह समेत गरे। विधेयकमा गल्ती समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ।