गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक नवलपरासीको सुनवल घर भएका २१ वर्षीय अम्मरबहादुर कुमाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए ।
प्रहरी निरीक्षक खड्का अनुसार शनिबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १३ भँगारी घुम्तीमा लु ४ त २८४६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
रिडीबाट बालुवा लिएर तम्घासतर्फ आउँदै गरेको ट्याक्टर सडकबाट करिव २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन