१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठ स्कुलको जग्गामा माफियाको आँखा



अ+ अ-

काठमाडौं । वैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलील संसदमा बूढानीलकण्ठ स्कुललाई ५७० रोपनी जग्गा र साढे पाँच करोड रुपैयाँ किन दिने भन्ने प्रश्न गरेपछि स्कुलको जग्गा र स्कुलमा पढिरहेका विद्यार्थीले सरकारबाट पाउँदै आएको छात्रवृत्तिमाथि प्रश्न उठेको छ।

प्रधानमन्त्री ओलीले बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि गर्ने विद्यार्थी छनोट प्रक्रियामा समेत प्रश्न गर्दै स्कुललाई उपलब्ध गराएको रकम सदुपयोग भए नभएको शंका व्यक्त गरे। देशकै प्रतिष्ठित र गुणस्तरीय शिक्षा उपलब्ध गराए आफ्ना गरिमा राख्न सफल स्कुल निजी गुठीमा सञ्चालित छ। स्कुलको जग्गा ५७० रोपनी छ भने करिब २०० रोपनी जग्गा प्रयोगविहीन अवस्थामा छ।

त्यही जग्गामा केही व्यापारी राजनीतिक दलको आडमा व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न मरिहत्ते गरिरहेको स्कुलका पूर्वप्रिन्सिपल केशर खुलालले बताए। उनका अनुसार यो प्रक्रिया दुई नै चलिरहेको छ। बूढानीलकण्ठको जग्गा जसरी पनि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्नु उनीहरूको लक्ष्य रहेको उनले बताएको नागरिक दैनिकमा समाचार प्रकाशित छ।




भर्खरै