१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल



अ+ अ-

काठमाडौं । नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ । नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो ।

घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं. कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट २६ लाख ५० हजार र १०६ नं। कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्‍यो। घुसमा संलग्न भएको अभियोगमा पोखराका एकबहादुर गुरुङ र सूर्यबहादुर थापालाई पनि नियन्त्रणमा लियो ।

‘लिखित परीक्षाको प्रश्नपत्र आउट गर्ने नाममा एक जना ब्यक्तिबाट एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको पाइयो’, अध्यक्ष राना भन्छन् ।नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा जेठ १६-२१ सम्म चलेको छनोटमा ८ सय ९६ जनाले लिखित परीक्षा दिएका थिए। वाटिका होटलमा खान तलासी गर्दा प्रहरीले अभियुक्तहरूबाट नगदसहित ८५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै