१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलका बाउन्सरले ग्राहक कुटे



अ+ अ-

काठमाडौं । बाराको सिमरामा रहेको इच्छा होटलका बाउन्सरले शुक्रबार राति तीन जनालाई मरणासन्न हुने गरी कुटेका छन् । सिमराका विजय पाठक, धनबहादुर तामाङ र राम पुडासैनी घाइते बाउन्सरको कुटाईबाट घाइते भएका हुन् ।

घाइतेलाई होटलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि घाइते मध्येका पाठकलाई राति नै काठमाडौं पठाइएको परिवारले जनाएको छ ।

अर्का घाइते तामाङको खुट्टामा र पुडासैनीको टाउकोमा चोट लागेको छ । कुटपिट हुन थालेपछि पुडासैनीले भागेका थिए ।
अपशब्द बोलेको भन्दै होटलका बाउन्सर रमेश पुनसहित कर्मचारीले नियन्त्रणमा लिइ कुटपिट गरेका थिए । प्रहरीले उल्टै घाइतेलाई पक्राउ गर्न खोजेपछि स्थानीय युवाले विरोध गर्दा अस्पतालमा केहीबेर तनाव भएको थियो ।

घाइतेलाई पक्राउ गर्न पुगेका २० बढी प्रहरी स्थानीय युवा र जनप्रतिनिधिको विरोधपछि फर्किएका थिए । ग्राहकलाई मरणासन्न हुनेगरि कुट्ने बाउन्सर र कर्मचारीलाई कारवाही गर्न माग गर्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।




भर्खरै