६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली कतारको दोहामा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कतारको राजधानी दोहा पुग्नुभएको छ । युरोपेली मुलुकहरुको भ्रमणको लागि जेनेभा जाने क्रममा दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य हुनुहुन्छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागी हुन आज बिहान दोहाबाट जेनेभाका लागि प्रस्थान गर्नुहुनेछ ।

जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसदहरु विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डेलगायत हुनुहुन्छ ।