१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ लाख घुससहित रंगेहात समातिए इन्जिनियर, पलङमुनि हेर्दा प्रहरी नै चकित



अ+ अ-

काठमाडौं । १४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र एकाउन्टेन्टलाई १४ लाख घुस लिँदे गर्दा गिरफ्तार गर्यो । त्यसपछि यो टोलीले इन्जिनियर सुरेश प्रसाद सिंहको घरमा छापा मार्यो। यस क्रममा यो टोलीले इन्जिनियरको पलङ र सुटकेसबाट करिब २ करोड ५० लाख रूपैयाँ बरामद गरेको छ।

भिजिलेन्स विभागका अनुसार नोट यति धेरै थिए कि गन्नका लागि मेसिन नै ल्याउनुपर्यो। भिजिलेन्स टोलीले इन्जिनियरको घरबाट सुनचाँदी र जग्गाको कागजात पनि बरामद गरेको छ । यसको पनि चाँच भइरहेको छ। भिजिलेन्सका डीएसपी गोपाल पासवानका अनुसार निर्माण व्यवसायी अखिलेश कुमार जायसवालको कम्पनी सडक निर्माणको क्षेत्रमा काम गर्दै आएको छ।

बिहटा र बिक्रम नगरबीच बनिरहेको सडकको ठेक्काका लागि इन्जिनियर र एकाउन्टेन्ले अखिलेशसँग ३२ लाख रूपैयाँ घुस मागेका थिए । तर बार्गेनिङका क्रममा २८ लाखमा कुरा मिल्यो । शनिवार १४ लाख रुपैयाँ अग्रिम भुक्तानीका रूपमा ठेकेदारले दिए । पैसा इन्जिनियरको घरमा लगियो। त्यस समय एकाउन्टेन्ट शशि भूषण पनि थिए । भिजिलेन्सको टिम पहिलेबाटै तयार थियो । इन्जिनियरले जसै पैसा लिए यो टिमले उनलाई हिरासतमा लियो ।