१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु



अ+ अ-

म्यादी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ देखि म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु गरेको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको हो ।

कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका सहकारी, समूह र संस्थालाई अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष ४७ समूह र संस्थालाई कार्यक्रम सञ्चालनका लागि रु छ लाख ५० हजारका दरले रु ३० करोड ५५ लाख अनुदान उपलब्ध गराइएको छ । “आगामी आर्थिक वर्षमा ५५ जिल्लामा कार्यक्रम विस्तारको तयारीमा छौँ”, मन्त्री थापाले भन्नुभयो, “कृषि, पर्यटन र स्थानीय स्रोतसाधन तथा सीपमा आधारित व्यवसाय गर्न महिलालाई सघाउन कार्यक्रम ल्याएका हौं ।”

कार्यक्रमबाट म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ साझापानीको सिर्जनशील आमा समूह, बेनीको नारी जागृति र बाबियाचौरको जनआदर्श महिला सहकारी संस्थाले अनुदान पाएका छन् । सिर्जनशील आमा समूहमा आवद्ध ३० महिलाले सामूहिक तरकारी खेती शुरु गरेका अध्यक्ष सन्तु भण्डारीले बताउनुभयो ।
मन्त्रालयले उपलब्ध गराएको अनुदान र समूहको कोष परिचालन गरेर मौसमी र बेमौसमी तरकारी खेती शुरु गरिएको उहाँले बताउनुभयो । पाँच व्यक्तिगत र चार सामूहिक टनेल निर्माण गरेर खेती शुरु गरिएको छ ।

घरायसी उपभोग, गाउँमा आवश्यक पर्ने तरकारी आपूर्तिका साथै आम्दानीको अवसर सिर्जना गर्न खेती गरिएको हो । गाउँमै तरकारी उत्पादन गरेमा बजारबाट आयात गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरिएको वडाध्यक्ष रिम कटुवालले बताउनुभयो ।