१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माहुरीको के दोष : निकुञ्जका कर्मचारीले जलाए ३१ घार माहुरी !



अ+ अ-

मुगु । स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाएर जलाएका छन्।

ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता क्षेत्रको राताखोलामा वडा नम्बर ६ र ७ का स्थानीयबासीले संयुक्तरुपमा राखेका माहुरीको घार रारा राष्ट्रिय निकुञ्ज बुलबुले पोस्टका कर्मचारीले गत शुक्रबार माहुरीसहित आगो लगाएर जलाइदिएका हुन्।
तस्वीर स् अन्नपूर्ण पोस्ट

माहुरीका घार राखिएको स्थान निकुञ्ज क्षेत्र भन्दा बाहिर मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीयबासीको भनाइ छ। यो स्थानमा असोज कात्तिकमा पिना र कोटीला गाउँका स्थानीयले भेडा बाख्रा राख्ने गरेका थिए। शुक्रबार बुलबुले पोस्टबाट आएका निकुञ्जका दुई कर्मचारीले भेडीगोठसहित उक्त स्थानमा राखिएका छाँयानाथ रारा नगरपालिका ७ पिना गाँउका जानदेवी बम र वडा नम्बर ६ कि राजदेवी ऐडिका माहुरी घारलाई आगो लगाएर जलाएको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।




भर्खरै