१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासकै कुख्यात हत्या : ओभरडोज औषधि दिएर ८५ बिरामी मारीन नर्सले



अ+ अ-

काठमाडौं । उत्तरी जर्मनीका दुईवटा अस्पतालमा ८५ बिरामीको हत्या गरेको अभियोगमा एक जना पूर्व पुरुष नर्सलाई बिहीबार अदालतले आजीवन काराबासको सजाय सुनाएको छ। न्यायाधीश सेवासियन बुहम्यानले नियल्स होजेल नामका ती नर्सले अक्षम्य अपराध गरेको बताएका छन्।

होजेल यसअघि नै दुईवटा अन्य हत्याको अभियोगमा काराबास भुक्तान गरिसकेका छन्। उनले सन् १९९९ देखि २०५५ सम्म आफ्नो हेरचाहमा रहेका बिरामीहरूलाई मुटुरोगसम्बन्धी औषधि ओभरडोज दिने गरेको स्वीकार गरेका छन्।

उनी जर्मनीको आधुनिक इतिहासकै सबैभन्दा कुख्यात हत्यारा साबित भएका छन् । वकिलहरूले आफ्ना सहकर्मीहरूलाई प्रभावित बनाउन ती बिरामीलाई रोग निको पार्न लागेको भन्दै त्यसरी ओभरडोज दिने गरेको बताएका छन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।