१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी भत्ता नपाएको गुनासो



अ+ अ-

बझाङ । बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् ।

राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला अस्पताल बझाङले भने साउनदेखि सुत्केरीलाई भत्ता नदिएको पाइएको छ । तल्कोट गाउँपालिका–९ का सोमबहादुर थापाकी श्रीमती रुपादेवी थापाले पाउनुपर्ने सुत्केरी भत्ताको रकम अझै नपाएको सोमबहादुरले गुनासो गर्नुभयो । परिवार स्वास्थ्य महाशाखा काठमाडौँले रकम नपठाइदिँदा सुत्केरीलाई सो भत्ता वितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताउनुभयो ।

रकम उपलब्ध स्थानीय तहमार्फत हुने भए तापनि अहिलेसम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यका लागि केही रकम स्थानीय तहको खातामा आइसकेको जिल्ला स्वास्थ्यका प्रमुख डा ओखेडाको भनाइ छ । एघार महीनायता अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या ५३५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको