७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी भत्ता नपाएको गुनासो



अ+ अ-

बझाङ । बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् ।

राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला अस्पताल बझाङले भने साउनदेखि सुत्केरीलाई भत्ता नदिएको पाइएको छ । तल्कोट गाउँपालिका–९ का सोमबहादुर थापाकी श्रीमती रुपादेवी थापाले पाउनुपर्ने सुत्केरी भत्ताको रकम अझै नपाएको सोमबहादुरले गुनासो गर्नुभयो । परिवार स्वास्थ्य महाशाखा काठमाडौँले रकम नपठाइदिँदा सुत्केरीलाई सो भत्ता वितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताउनुभयो ।

रकम उपलब्ध स्थानीय तहमार्फत हुने भए तापनि अहिलेसम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यका लागि केही रकम स्थानीय तहको खातामा आइसकेको जिल्ला स्वास्थ्यका प्रमुख डा ओखेडाको भनाइ छ । एघार महीनायता अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या ५३५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको