७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

एमसीसीविरुद्ध भोलि माईतीघरमा आन्दोलन गर्ने घोषणा

एमसीसीविरुद्ध भोलि माईतीघरमा आन्दोलन गर्ने घोषणा
अ+ अ-

काठमाडौं। अमेरिकी सहयोग सम्झौता (एमसीसी) को विरोधमा भोलि (शनिबार) दिउँसो राजधानीमा विरोध प्रर्दशन हुने भएको छ । ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ का केन्द्रीय अध्यक्ष तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहले एमसीसी खारेजीको लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

अभियामार्फत शनिबार दिउँसो १ बजे माईतीघर मण्डलामा धर्नासहित आन्दोलन गरिने अभियन्ता शाहीले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
शाहीले एमसीसीलाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने उद्देश्यले यही मंसिर २८ गते सरकारले संसद् अधिवेशन बोलाएको पनि दाबी गरे । उनले संसद् अधिवेशन बोलाईएको दिन अर्थात मंसिर २८ गते नै ‘नेपाल रहने वा नरहने’ फैसला हुन गैरहेको सनसनीपूण टिप्पणी गरे । एमसीसी पास गराउन संसद्ले कार्यसूची तयारी अवस्थामा राखेको समेत उनको दाबी थियो । 

विभिन्न दल र त्यसमा संलग्न नेता/कार्यकर्तालाई राष्ट्रिय स्वाधिनताको लागि झण्डा बोक्न आग्रह गदै उनले विदेशीको दासत्वलाई कहिलेसम्म स्विकार्ने भन्नेबारे सोच्नसमेत आग्रह गरेका छन् ।  देश बेच्न खोजे फेरि बन्दुक उठ्न सक्ने बताउँदै उनले आम नागरिकले आफ्नो अधिकार र देशको रक्षाको लागि अब सुतेर बस्न नहुने पनि धारणा राखे । उनले सुतेर बस्ने, पार्टीका सभामा हराउने, राष्ट्रघाती नेताहरुलाई अब साथ दिने बेला सकिएको पनि बताए । 

देश टुहुरो बन्दा, नेपाल आमा बलात्कृत हुँदा विदेशीको अनुहार हेर्न नसक्ने छोरो नै नेपाल आमाको सच्चा सपुत हुने बताउँदै उनले पार्टीभन्दा माथि उठेर देश र जनताको रक्षाको लागि एकजुट हुन आफूहरुले भोलि (शनिबार) आयोजना गर्न लागेको आन्दोलनमा सहभागी हुन आम जनतालाई अपिलसमेत गरे । अहिले आफ्नो स्वतन्त्रताको आवाज नउठाए भोलिका दिनमा आफूहरुका सन्ततीले धिकार्नेसमेत उनको भनाई छ । ‘हामी राजनेता भन्दै उसलाई जिताउन काँध थापरे हिँडेका छौं, कुन दिन विपीले, मदन भण्डारीले, पुष्पलालले, राजा महेन्द्रले यो देश बेच्नुपर्छ भन्नुभएको थियो र रु’–उनले भने ‘आज देश बेचिरहँदा, नेपाल आमा बलात्कृत हुँदा किन मौन बसिरहनु भएको छ,  म तपाईँहरु दलका नेता तथा कार्यकर्ताहरुलाई प्रश्न गर्न चाहन्छु ।’

राष्ट्रघाती गद्दारलाई अझै सर्मथन गरेर देशलाई बेच्दा मौन रहने नेपाल आमाको छोरो नभएर गद्दार हुनेसमेत उनको टिप्पणी छ । उनले पार्टीको महाधिवेशनमा कार्यकर्ताहरु हुरक्क भएर पुगेजसरी राष्ट्रिय स्वाधिनताको लागि भोलि (शनिबार) माईतीघर मण्डलामा आफूहरुले गर्न लागेको आन्दोलनमा आउन पनि आम कार्यकर्ताहरुलाई आग्रह गरे । राष्ट्र र राष्ट्रियताको विषयमा हरेक नेपाली सडकमा आउन आवश्यक रहेको उनको भनाई छ ।

भोलि नेपालको अवस्था काबुलको जस्तै हुने दाबी गर्दै उनले अमेरिकन सेनाले भोलि छातिमा गोली ठोक्दा केपी ओली, देउवा र प्रचण्डलाई पुकार्दा कोही नहुने उनको भनाई छ । ‘अफगानिस्तानका राष्ट्रपति हिजो हेलिकप्टरमा विदेश भाग्दा कति जनतालाई संगै लगेर भागे रु, भोलि नेपालको अवस्था पनि त्यस्तै हुनेछ । अहिलेका राजनेताको पछि लाग्दा देशले के पायो ?’
आमसभामा सहभागी नेपाली कांग्रेसका कार्यकर्तालाई शनिबारको विरोध कार्यक्रममा सहभागी हुन आग्रह गर्दै उनले एमसीसी नेपालको पक्षमा छैन भन्ने विषयमा सरकारसंग आमनेसामने भएर खुला बहस गर्न तयार रहेको उनले बताए । 

अहिले देशलाई बेच्ने नेताका सन्तानले भोलिको दिनमा थुक्ने बताउँदै ५५ अर्बले देश विकास हुन्छ भनेर झुक्याउन नखोज्नसमेत उनले एमसीसी पक्षधरलाई चेतावनी छ । एमसीसी संसद्बाट पारित भए अमेरिकी सेना नेपाल छिर्ने र नेपाल विदेशी सेनाको रणभूमि बन्ने पक्का रहेकाले एमसीसी सम्झौता कुनैपनि हालतमा खारेज गर्नुपर्ने शाहीको माग छ । पत्रकार सम्मेलनमा शाही युवा शक्ति,  नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई देशको झण्डा बोकेर नेपालको स्वाधिनताको पक्षमा झण्डा उठाउन अपिल गरे । उनले पनि एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिए । उनले भने,‘राष्ट्रघात गरेको पैसा खाने, देशको स्वाधिनता बेच्ने, विदेशीको गुलाम बन्न बाध्य गराउने नेतालाई महाधिवेशनमा भोट दिएर जिताउनुभन्दा एमसीसी विरुद्धको आन्दोलनमा लाग्न उनको आग्रह छ ।

‘देश रह्यो भने पार्टी पनि रहन्छ, अनि हामी नेपाली रहनेहो । तर देशै नरहने सम्बन्धमा एमसीसी नेपालमा भित्र्याएर आफ्नो खुट्टामा आँफै बन्चरो हान्ने काम भएको छ । यो गलत काम हो ।’ उनले–भने–‘हिजो राजा महेन्द्रको पालामा पनि तिब्बतियन खम्बामार्फत नेपालमा अमेरिकन सैनिक बेस क्याम्प राखेर चीनलाई ध्वस्त पार्ने खेल भएकै हो  । त्यसलाई राजाले निस्तेज गरेका थिए । आज राजा छैनन् । अनि अमेरिका र युरोपेली युनियनले जे गर्दापनि हुनेरु अब हामीजस्ता सचेत युवा यसको विरुद्धमा मैदानमा आईसकेका छौं ।’

२०६२–०६३ को जनआन्दोलन नेपाललाई ध्वस्त बनाउने खेलको रुपमा सुरु भएको बताउँदै उनले गणत्रान्त्रिक व्यवस्था नै खारेज हुनपर्ने पनि माग गरे । यही मंसिर २८ गते संसद्को अधिवेशन बोलाएर सरकारले एमसीसी पास गराउने तयारी गरेको पनि खड्काको दाबी छ । उनले एमसीसीविरुद्धको सडक संघर्षमा साथ दिन सबैमा आग्रह गरे । 
मिसन नेपालका केन्द्रीय अध्यक्ष जेरी तामाङले नेपालका ठूला राजनीतिक दलहरुले भित्रभित्रै एमसीसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसलाई निस्तेज पार्न जरुरी रहेको बताए । एमसीसीको नाममा नेपाललाई दोहन गर्ने प्रयास भईरहेको भन्दै उनले एमसीसीलाई पास गराउन खोज्ने नेतालाई लिबियाका  गद्दाफी बनाईदिने चेतावनीसमेत दिए । 

अहिलेसम्मका नेताहरुले देश विकासको लागि केही गर्न नसकेको बताउँदै उनले यो देश बचाउनको लागि आत्मघाती बम भएर विस्फोट हुन आफू तयार रहेको समेत चेतावनी दिए । ‘एमसीसी राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै हालतमा पारित गर्न नहुन’े उनको भनाई छ । ‘नेपाललाई प्रयोग गरेर अमेरिकी साम्राज्यबाद लादेर नेपालाई अफगानिस्तान बनाउन खोज्नेहरु सलबलाएका छन् ।’,उनले भने–‘सैन्य गठबन्धनसँग जोडिएको धारणालाई सम्झौताका गरेर अमेरिकी स्वार्थ पूरा गरे त्यस्ता नेतालाई गद्दाफीकै हालतमा पुर्याई दिन्छौ ।’

प्रधानमन्त्री देउवाको पाँचौ प्रधानमन्त्रीको कार्यकालबाट देशले के पायो भन्दै उनले प्रमुख दलका नेताहरु राजनेता बनेर जनतालाई दास बनाईराखेको पनि टिप्पणी गरे । एमसीसी संसद्मा टेवल भए आम नागरिकको साथमा खुकुरी बोकेर संघर्षमा उत्रिन तयार रहेको पूर्व सुरक्षाकर्मी परिषद् प्रवत्ता हिमशिखर गिरीको भनाई छ । 
‘देशभरका नेता कार्यकर्ता पार्टीको महाधिवेशनमा उतार्न सक्नेले देशको मुहार फेर्न कार्यकर्ता किन उर्तादैन्रु उनले भने,‘पार्टीको महाधिवेशनमा हजारौं कार्यकर्ताको भीड जम्मा गर्न सक्नेले राष्ट्र निर्माणमा सिन्को समेत भाँच्न सकेनन् । कसैले गफ मात्रै दिएर कार्यकाल खाए ।’