३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

सूर्यबाट डरलाग्दो आगो निस्कँदै, पृथ्वी अन्धकारमा डुब्ने : वैज्ञानिक

सूर्यबाट डरलाग्दो आगो निस्कँदै, पृथ्वी अन्धकारमा डुब्ने  : वैज्ञानिक
अ+ अ-

वासिङ्टन । अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको एक समूहले सूर्य पृथ्वीको जीवनका लागि ऊर्जाको स्रोत भए पनि यो हाम्रा लागि विनाशको कारण पनि बन्न सक्ने चेतावनी दिएको छ ।

हालै गरिएको एक अनुसन्धानमा वैज्ञानिकहरूले सूर्यबाट निस्कने विनाशकारी आँधीले मानवतालाई अन्धकार युगमा फर्काउन सक्ने बताएका छन् । यसबाट हजारौँ वर्षमा भएको मानव विकास समाप्त हुनेछ। वैज्ञानिकहरूले पृथ्वीबाट १०० प्रकाश वर्षको दूरीमा यस्तो अचम्मको घटना देखेका छन्।

यो सौर्य आँधी एक शानदार आतसबाजी जस्तो देखिन्छ र वैज्ञानिकहरूले यसलाई ‘चिन्ताजनक’ भनेका छन्। यस्तो विनाशकारी सौर्य आगोले पृथ्वीलाई पनि निशाना बनाउन सक्ने वैज्ञानिकहरूले आफ्नो अनुसन्धानमा बताएका छन् । यसले भूउपग्रह जलेर खरानी हुने र शहरको विद्युत् प्रसारण लाइन ध्वस्त हुने वैज्ञानिकहरुले बताए । यसका कारण विश्वमा जताततै अन्धकार हुनेछ र फोन नेटवर्कले काम गर्न छोड्नेछ।

के हो कोरोनल मास इजेक्सन (सीएमई)

यो ताराको नाम भ्प् म्चबअयलष्क राखिएको छ, जसको अर्थ ड्र्यागन हो। यो ड्र्यागनले जस्तै आगो निकालिरहेको छ । यो उत्तरी आकाश मा ड्रेको तारमण्डलमा अवस्थित छ। कोरोनल मास इजेक्सन (सीएमई) सूर्यको बाहिरी वायुमण्डलमा विस्फोटबाट उत्पादित प्लाज्मा कणहरूको निष्कासन हो। यो बारम्बार हुन्छ र अन्तरिक्षमा एक ठाउँबाट अर्को ठाउँमा धेरै छिटो यात्रा गर्दछ।

यी सौर्य आँधीहरू पृथ्वीका लागि निकै नराम्रो खबर हुन् किनभने हरेक १०० वर्षपछि यी आँधीहरू पृथ्वीतर्फ आउँछन्। यो अनुसन्धान गर्ने अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका अनुसन्धानकर्ता उता नात्सुले सीएमईले पृथ्वी र मानव समाजमा निकै गम्भीर असर पार्नसक्ने बताउनुभयो । यो अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय टोलीले EK Draconis तारातर्फ भयानक ऊर्जा  गइरहेको पत्ता लगाएको छ । साथै यो अहिलेसम्म देखिएका सौर्य ज्वालाहरूको सङ्ख्याभन्दा धेरै शक्तिशाली छ।

पृथ्वीको चुम्बकीय क्षेत्रले सौर्य आँधीबाट जोगाउने

यस शताब्दीको अन्त्यसम्ममा यी विनाशकारी ज्वालाहरू हाम्रो पृथ्वीमा ठोक्किने छन् भन्नेमा विज्ञहरुमा भय छ । जापानी अनुसन्धानकर्ता कोसुके नामेकाताले पृथ्वीमा ठोक्किने ज्वाला पनि उत्तिकै शक्तिशाली हुनसक्ने बताउनुभयो । यद्यपि  पृथ्वीको चुम्बकीय क्षेत्रले हामीलाई यी सौर्य आँधीहरूबाट हुने सम्भावित क्षतिबाट बचाउँछ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार ठूला सीएमईहरूमा अरबौँ टन पदार्थ लाखौँ माइल प्रतिघण्टाको गतिमा यात्रा गर्दछ। सूर्यमा भएको विस्फोटबाट निस्कने यी कणहरू सामान्यतया पृथ्वीको वायुमण्डलमा ठोक्किँदा तिनीहरूको प्रभाव अरोरा (Aurora)को रूपमा देखिन्छ।