६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खानले भने, ‘मुलुक चलाउनका लागि पैसा छैन’



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेर सबै पाकिस्तानी नागरिकलाई पाकिस्तानलाई ट्र्याकमा ल्याउनका लागि र गरिबको जीवन सुधार्नका लागि आफ्नो जिम्मेवारी निभाउन आग्रह गरेका छन् ।

इमरान खानले सबै पाकिस्तानीलाई जून ३० सम्म आफ्नो सम्पत्तिको घोषणा गर्नसमेत आग्रह गरेका छन् । यसो गरेर उनी वैध र स्रोत नखुलेको सम्पत्तिबारे पत्ता लगाउन चाहन्छन् ।

प्रधानमन्त्री इमरान खानले भने, ‘३० जुनसम्म आफ्नो स्रोत नखुलेको सम्पत्ति, फर्जी बैंक अकाउन्ट, विदेशमा राखिएको पैसालाई सार्वजनिक गर्नुहोस् किनभने यो मौका जून ३० पछि पाइने छैन ।’

उनले भने, ‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब रुपैयाँसम्म पुगेको छ । जुन हामीले चार हजार अर्ब वार्षिक कर जम्मा गर्छौं त्यसको आधा रकमले ऋणको किस्ता तिर्नुपर्छ । बाँकी भएको जुन पैसा छ, त्यसले मुलुक चल्न सक्दैन । पाकिस्तान त्यो देश हो जो संसारकै सबैभन्दा कम कर लिने गरिन्छ तर ती थोरै मुलुकमध्ये एक हो जहाँ सबैभन्दा धेरै ऋणको भारी छ । यदि हामी तयार भयौं भने कम्तिमा हरेक वर्ष १० हजार अर्ब रुपैयाँ जम्मा गर्न सक्छौं ।’

३० जूनसम्म अल्टिमेटमः

इमरानले भने, ‘म तपाईंहरु सबैलाई अपिल गर्छु कि सम्पत्ति घोषणा गर्ने जुन योजना लिएर आएको छु त्यसमा तपाईंहरु सबैजना संलग्न हुनुहोस् । हामीले आफूलाई परिवर्तन गर्नुपर्छ । तपाईंहरुसँग ३० जूनसम्मको समय छ । आफ्नो स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्नुहोस् । हाम्रो सरकारसँग त्यो सूचना छ जो यसअघिको कुनैपनि सरकारसँग थिएन । विदेशमा पाकिस्तानीको सम्पत्ति र बैंक अकाउन्टको सूचना मसँग छ ।’

उनी थप्छन्, ‘हाम्रा एजेन्सी लगातार यसमाथि काम गरिरहेको छ र उनीहरुसँग पूरा सूचना छ । कोसँग कति सम्पत्ति छ, त्यो मलाई राम्रोसँग थाहा छ ।’

इमरान खानको सरकार भयानक आर्थिक संकटसँग जुधिरहेको छ । पाकिस्तानले मंगलबार तीन ट्रिलियन रुपैयाँको घाटाको बजेट पेश गर्नेछ जबकी पछिल्लो बजेट १.८ ट्रिलियन रुपैयाँको थियो ।