१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर मृत्यू



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार हिजो बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो । मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ ।

“गाउँमा बेलाबखत आफैँले बिजुली लाइन बनाउने गर्दै आएको र सोही क्रममा फ्युज गएपछि बनाउनका लागि बिजुलीको ट्रान्सफर्मर भएको ठाउँमा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो”, प्रहरी निरीक्षक रायले भन्नुभयो । मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।