१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप छनोट : पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लियो, इजरायल पराजित



अ+ अ-

काठमाडौं । युरोकप छनोट २०२० अन्तर्गत समूह जीमा पोल्याण्डले शतप्रतिशत जित निकालेको छ । सोमबार भएको खेलमा पोल्याण्डले इजरायललाई ४–० ले हरायो ।

पोल्याण्डको वर्सामा भएको खेलमा उसको जितका लागि क्रिष्टोफ पियाटेक, रोबर्ट लेवान्दोस्की र कामिल ग्रोसिकीले समान एक एक गोल गरेका थिए ।

पोल्याण्डको लागि खेलको को ३५ औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । पहिलो हाफमा सोही गोलको अग्रता कायम राखेको पोल्याण्डले ५६औं मिनेटमा पेनाल्टी पायो ।

पेनाल्टीलाई रोबर्ट लेवान्दोस्कीले गोलमा परिणत गर्दै पोल्याण्डको अग्रता २–० मा लम्ब्याए । त्यसको दुई मिनेटपछि कामिल ग्रोसिकीले गोल गर्दै पोल्याण्डको अग्रता ३–० मा पुर्‍याए । ८४औं मिनेटमा दमिन कात्जोरले गोल गरेपछि पोल्याण्डले ४–० को जित निकालेको हो । यो जितसँगै पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ ।

यूरो कप छनोट अन्तर्गत सोमबार राति चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले हरायो भने कोसोभोले बुल्गेरियालाई ३–२ ले पराजित ग¥यो । यस्तै युक्रेनले लग्जम्बर्गलाई १–० ले हरायो भने सर्वियाले लिथ्वानियामाथि ४–१ को जित निकाल्यो ।

आयरल्याण्ड रिपब्लिक जिब्राल्टरलाई २–० ले हराउँदै समूह डीको शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा डेनमार्कले जर्जियालाई ५–१ ले हराएपछि समूुहको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।यो जितसँगै पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ