१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : आज श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै, कसले जित्ला त?



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र बंगलादेशबीचको खेल सुरु हुनेछ । दुवै टिमले समान तीन–तीन खेल खेलेका छन् । बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।

बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ । श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो ।

श्रीलंकाका लागि कुशल परेरा, कप्तान दिमुथ करुनरत्ने, कुशल मेन्डिस, अभिस्का फेर्नान्डो जस्ता ब्याट्सम्यान र धनन्जय डे सिल्भा, एन्जेलो मेथेवस, थिसरा परेरा जस्ता अलराउण्डरले महत्वपूर्ण भूमिका खेल्नेछन् । यता, बलर लासिथ मालिंगा श्रीलंकाका गेम चेन्जर खेलाडी हुन् ।

यता, बंगलादेशको पनि पछिल्लो समयमा ब्याटिङ बलियो बनेको छ । लिटोन दास, मोहम्मद मिथुन, मोसादक हुसेन, मुस्फिक्युर रहिम, सब्बर रहमान, सौम्या सरकार, सकिब अल हसनजस्ता खेलाडीले बंगलादेशको ब्याटिङ उकास्ने छन् । बलिङमा पनि बंगालदेश राम्रो छ । कप्तान मश्रफे मोरटजा, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, अबु जायदलगायत बलरमा बंगलादेशको पूर्ण विश्वास छ ।

ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । खेल भइहाल्यो भने पनि छोटो ओभरको हुनेछ ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।