१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप छनोट : दुई पेनाल्टीको मद्दतले स्पेनले स्वीडेनलाई हरायो



अ+ अ-

काठमाडौं । स्पेनले युरोकप छनोट फुटबलमा स्विडेनलाई सहज रुपमा पराजित गरेको छ ।

सोमबार राति युरोकपअन्तर्गत समूह एफको खेलमा स्पेनले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । स्पेनको जितमा कप्तन सर्जियो रामोस, अल्भारो मरोटा र मिकेल ओयारजबलले गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । त्यसलाई सर्जियो रामोसले गोलमा परिणत गरे ।८५औं मिनेटमा स्पेनले फेरी अर्को पेनाल्टी पायो । योपटक भने पेनाल्टी प्रहार गर्न मरोटा आए । उनले पेनाल्टीबाट सहजै गोलगरेसँगै स्पेनले २–० गोलको अग्रता बनायो ।

त्यसको दुई मिनेट वित्न नपाउँदै खेलको ८७औं मिनेटमा स्पेनले अर्को गोल थप्न सफल भयो । ओयारजबलले गोल गर्दै स्पेनलाई ३–० गोलको जित दिलाए । यो सँगै स्पेनले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकालेको छ ।

समूह एफमा रहेको स्पेनले चार खेलबाट १२ अंक जोडेको छ भने स्वीडेनको समान खेलबाट ७ अंक छ ।

त्यस्तै, अन्य खेलमा भने डेनमार्कले जर्जियालाई ५–१ ले, रोमानियाले माल्टालाई ४–० ले र पोल्यान्डले इज्रयाललाई ४–० गोलअन्तरले नै पराजित गरेको छ ।