१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घद्वारा ज्ञानपत्र

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घद्वारा ज्ञानपत्र
अ अ+ अ-

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञानपनत्र बुझाएको छ ।

ज्ञानपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेषगरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने,  नेपालबाट भरततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमाक्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने छन् ।

विभागका महानिर्देशक घिमिरेलाई महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले आज  ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा महासङ्घका महासचिव बानियाँले विभागले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “छोटो अवधिमा पेट्रोलियम पदार्थको पटक–पटकको मूल्यवृद्धि भएको छ । यसबाट ढुवानीमा समस्या हुँदै आएको छ । मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ ।” उहाँले भारतमा निश्चित समयसम्म सञ्चालन भई थोत्रिएका ट्रक  नेपाली सीमाक्षेत्रमा ल्याइ सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गर्नुभयो ।