• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घद्वारा ज्ञानपत्र



काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञानपनत्र बुझाएको छ ।

ज्ञानपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेषगरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने,  नेपालबाट भरततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमाक्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने छन् ।

विभागका महानिर्देशक घिमिरेलाई महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले आज  ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा महासङ्घका महासचिव बानियाँले विभागले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “छोटो अवधिमा पेट्रोलियम पदार्थको पटक–पटकको मूल्यवृद्धि भएको छ । यसबाट ढुवानीमा समस्या हुँदै आएको छ । मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ ।” उहाँले भारतमा निश्चित समयसम्म सञ्चालन भई थोत्रिएका ट्रक  नेपाली सीमाक्षेत्रमा ल्याइ सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गर्नुभयो ।