१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाकिस्तानले भारतसँग खेल्न पाऊ भनेर भीख माग्दैन’



अ+ अ-

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मानिले भारतसँग खेल्न पाऊ भनेर भीख नमाग्ने बताएका छन् ।

गद्दाफी स्टेडियममा शुक्रबार सन्चारकर्मीसँग कुरा गर्दै‘हामीसँग खेलिदेऊ भनेर भारत वा अन्य कुनै मुलुकसँग भीख माग्दैनौ । भारतसँगको खेल पुनः आरम्भका लागि सभ्य र गरिमापूर्ण हिसाबले मात्रै द्विपक्षीय सम्झौता हुनसक्छ,’ मानीले भने ।

भारत र पाकिस्तान विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार म्यानचेस्टरमा भिड्दै छन् । यी दुई मुलुकबीचको प्रतिस्पर्धा खेलभन्दा पनि युद्धजस्तो हुन्छ । यी दुई मुलुकबीच बहुपक्षीय प्रतियोगिताबाहेक जनवरी २०१३ यता द्विपक्षीय प्रतिस्पर्धा भएको छैन ।

भारतले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित बनाएको थियो । हिजोको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यता, पाकिस्तानले एक जित, दुई हार र एक बराबर नतिजा निकालेको छ । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । तेस्रो पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको थियो । चौथो खेलमा अष्ट्रेलियासँग ४१ रनले हारेको थियो ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।




भर्खरै