१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको हलबाट समातिए विप्लवका ९ कार्यकर्ता



अ+ अ-

काठमाडौं । उच्च अदालत पोखराबाट रिहाइको आदेश पाएका नेत्रविक्रम चन्द विप्लव समूहका ९ कार्यकर्तालाई प्रहरीले बिहीबार मध्यरातमा पक्राउ गरेको छ ।
उच्चले उनीहरुलाई बिहीबार दिउँसो रिहा आदेश गरेको थियो । रिहा आदेशपछि पनि पक्राउ पर्ने डरले उनीहरु अदालतभित्र रहेको बार एसोसियसनको हलमा बसेका थिए । तर प्रहरीले राति उनीहरुलाई त्यहीबाट समातेको हो ।

कास्कीको घान्दु्रबाट २५ गते शनिबार पक्राउ परेका उनीहरुलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको रिट अदालतमा परेको थियो । कास्की जिल्ला अदालत र प्रहरीलाई विपक्षी बनाएर परेको रिटमा उच्चले ती कार्यकर्तालाई उपस्थित गराउन आदेश गरेको थियो ।

उपस्थित गराएकै दिन उच्चले रिहाको आदेश दिएको थियो । गेटबाहिर प्रहरीले ढुकेपछि ती कार्यकर्ता भित्रै बसेका थिए । प्रहरी जस्केलाबाट पसेर नेपाल बार एसोसियसनको हलमा बसेका विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।




भर्खरै