१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनको सपना चकनाचुर ! यार्सा बेचेको पैसा लुटियो



अ+ अ-

रुकुम । यार्साबाट केही कमाई होला अनि घर खर्चको जोहो गरौँला भन्ने सोचका साथ ज्यानको बाजी राखेर बुकि पाटन गएकी जुनकुमारी पुनको सपना चकनाचुर भयो । विद्यालयमा पढ्दै गरेकी छोरीलाई सँगै लिएर यार्सा टिप्न गएकी जुनकुमारीले न यार्सा बेचेको पैसा हात पार्नुभयो नत ज्यानको सुरक्षा पाउनुभयो ।

बुकि पाटनबाट यार्सा टिपेर घर फर्कदै गर्दा जुनकुमारीकी आमा छोरीलाई लुटेराको समुहले कुटपीट गरी नगद तथा गरगहना लुटेको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ मैकोटमा दुइ जना लुटिएका हुन् । पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ की जुनकुमारी पुन र उहाँकी १४ बर्षिया छोरी रश्मी पुनलाई कुटपिट गरी गरगहना र यार्सा बेचेर ल्याएको नगद १लाख १५ हजार लुटेराको समुहले लुटेको स्थानीयले बताएका छन् । पुन आमा छोरीलाई स्थानीयले गम्भीर घाइते अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

टाउको र शरिरमा गम्भीर चोट भएका कारण जिल्लामा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमान्डौ पु्र्याइएको छ । रुकुम पुर्वका सांसद कमला रोका र पुर्वमन्त्री गणेशमान पुनको पहलमा घाइतेहरुलाई काठमान्डौ पुर्याइएको स्थानीय मरिचमान पुनले बताएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै