१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग राख्दै धर्ना



अ+ अ-

काठमाडौं । बाँकेमा मधेसी समुदायका केही महिलाले १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्लामा बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरु सचेतनामुलक अभियान सञ्चालन गरिरहेका भएपनि महिलाहरुले १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग राखेका हुन् ।

जानकी गाउँपालिकाका रामदेश मिश्रको नेतृत्वमा महिलाहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । २० वर्ष पुरा गरेका छोराछोरीको विवाह गर्न खर्चले नधान्ने भएको कारण कानुन नै संसोधान गर्न माग गदै हामीहरु प्रशासन कार्यालय आएका हौं, मिश्रले भने ।

मिश्रले मधेसी समुदाय गरिब र विपन्न भएका कारण २० वर्ष पूरा भएपछि विवाह गर्दा लाग्ने दाइजो र खर्च धान्न नसक्ने भएकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको जिकिर गरे ।

कानुन विपरित गएर बिवाह गर्दा मुद्दा खेप्नुपर्ने भएकाले आन्दोलनमार्फत १६ वर्षपछि बिहे गर्न पाउनुपर्ने कानुन ल्याउन दबाब दिन खोजेको आन्दोलनकारीहरुको तर्क छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने २० वर्षभन्दा कम उमेरमा बिहे गरे कानुन लाग्ने भन्दै धर्नामा आएका महिलालाई सचेत बन्न आग्रह गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।