१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइटले आजबाट पृथ्वीको परिक्रमा थाल्यो



अ+ अ-

काठमाडौं । नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ ।

यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो ।

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।