१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदीबन्दीको चिन्ता : शौचालय जान पालो कुनुपर्ने



अ+ अ-

तनहुँ । विभिन्न मुद्दामा सजाय भोगिरहेका जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई शौचालय जानसमेत समस्या छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूलाई शौचका लागि पालो कुनुपर्ने बाध्यता भएको हो । कारागारका निमित्त जेलर नारायण अधिकारीले कैदीबन्दी धेरै भएका कारण समस्या भएको बताए ।

विशेष गरी बिहानको समयमा समस्या हुने गरेको उनको भनाइ छ । ‘यहाँ क्षमताभन्दा बढी कैदीबन्दी छन्, जसले गर्दा पालो पर्खनुपर्ने बाध्यता छ,’ उनले भने । उनका अनुसार कारागारको क्षमता ३५ जनाको हो । तर, यहाँ एक सय ३३ कैदीबन्दी छन् । कारागारभित्र अहिले सातवटा शौचालय छन् । कैदीबन्दीको चाप बढी भएकाले पालो पाउनै मुस्किल छ,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।