१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु प्रकोप तीब्र, नियन्त्रण सुस्त



अ+ अ-

काठमाडौं । डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ । सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन् ।

डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को टिम प्रभावित स्थलमा गएको छ । हरेक वर्ष फरक–फरक जिल्लामा डेंगुले प्रकोपको रूप लिने गरेको छ । स्वास्थ्यसम्बन्धी धेरै जिम्मेवारी प्रदेश र स्थानीय तहलाई सुम्पिएको छ । विशेषज्ञ तथा दक्ष जनशक्ति केन्द्रमा छ । न समन्वय छ न त रोगबारे अनुसन्धान भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा। अञ्जनीकुमार झाले प्रदेशमा अनुसन्धान गर्ने दक्ष जनशक्ति नभएको बताए । ‘डेंगुले खैलाबैला मच्चाएको छ । अनुसन्धान गर्न स्थानीय तहमा जनशक्ति छैन’, उनले भने, ‘काठमाडौंबाट अनुसन्धान गर्न पठाउनु भनेको पुरानै सोच भइहाल्यो ।’ अनुसन्धान लामो समय लाग्ने भएकाले प्रदेशबाटै यो कार्य गरिनुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य अनुसन्धान परिषदका पूर्व सदस्यसचिव एवं जनस्वास्थ्य विज्ञ डा। खेम कार्कीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा योजना कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतम, रत्नप्रसाद आचार्य र राधा खनालले लेखेका छन् ।