१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकारले बनाए मञ्जुश्रीको मूर्ति



अ+ अ-

काठमाडौं । ढुङ्गा कुँद्न सुरु गरेको आठ वर्षपछि चोभारमा ३३ फिट अग्लो मञ्जुश्रीको ढुङ्गे मूर्ति तयार भएको छ । विसं २०६८ देखि कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा मञ्जुश्रीको मूर्ति बनाउने काम सुरु गरिएको थियो ।

प्रस्तरको मूर्ति तयार गरी कीर्तिपुर–६ स्थित चोभार डाँडामा स्थापना गरिएको छ । यो मूर्तिको युरेसिया रेयुकाईका संस्थापक अध्यक्ष युसुन मासुनागाले उद्घाटन गरे । बोधिसत्व मञ्जुश्री र काठमाडौँको सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पदाको उद्घाटन गर्न पाउँदा आफू निकै खुसी भएको ८७ वर्षीय मासुनागाले बताए ।
मूर्ति निर्माणको नेतृत्व ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलले गरेका हुन् । उनीसँगै आठ कलाकारले आठ वर्ष निरन्तर कुँदेपछि अहिले यो मूर्ति तयार भएको उनले बताए । यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको छ । ३३ फिट अग्लो मूर्तिका लागि उपयुक्त हुने ठूलो ढुङ्गा उपलब्ध नभएका कारण टुक्रा जोडेर बनाइएको कलाकार डङ्गोलको भनाइ छ ।

उनका अनुसार यो मूर्तिको तौल एक सय टन छ । यो मूर्ति नेपालको सबैभन्दा अग्लो प्रस्तर मूर्ति भएको दाबी कलाकार डङ्गोल गर्छन् । आठ वर्षसम्म मूर्ति निर्माण गर्दा विभिन्न बाधाअवरोध आएको उनले सुनाए । फर्पिङबाट ढुङ्गा ल्याउन खोज्दा आफ्ना कामदारहरू थुनामा समेत बस्नुपरेको उनले बताएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।